
बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट नेकपा एमालेका दुर्गाप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।
उहाँले ११ हजार ३ सय ७५ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार ३ सय ७५ मत पाउनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले ७ हजार ९ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले ३ सय ६५ मत पाउनुभएको छ ।
कूल खसेको २७ हजार ९ सय ७० मतमध्ये १ हजार ३ सय ११ मत बदर भएको थियो भने २६ हजार ५ सय ५९ मत सदर भएको थियो ।