अबको प्रधानमन्त्री गगन थापा बन्ने अर्थविद् वाग्लेको दावी

अबको प्रधानमन्त्री गगन थापा बन्ने अर्थविद् वाग्लेको दावी

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बन्ने दावी गर्नुभएको छ ।

आज शनिवार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै वाग्लेले प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि थापा नै प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको हो ।

उहाँले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गर्नुभयो । थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गर्नुभयो।

थापाले कोभिडको महामारीमा राजनेताको छवि बनाएको भन्दै उहाँलाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन हुने उहाँको भनाइ छ।

७ महिना स्वास्थ्यमन्त्री हुँदा थापाले देशमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई स्वास्थ्य बीमाको माध्यमबाट उपचार पाउने अवस्था रहेको वाग्लेले बताउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com