भोलि मध्यरातीसम्म मात्रै चुनावी प्रचार गर्न पाइने

भोलि मध्यरातीसम्म मात्रै चुनावी प्रचार गर्न पाइने
Kathmandu Post

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले भोलि मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । गत १७ देखि प्रचार गर्न सुरु गरेका दल तथा उम्मेदवारले भोलि मध्यरातिसम्म मात्रै प्रचार गर्न पाउने भएका हुन् ।

निर्वाचन आयोगले भोलि मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । यो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

निर्वाचन आचारसंहिताअनुसार भोलि मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन ।

मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com