निर्वाचन निर्वाचन मात्रै नभई दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा हो : प्रचण्ड

निर्वाचन निर्वाचन मात्रै नभई दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा हो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताउनुभएको छ ।

जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रको पक्षमा खडा भएको बताउनुभयो।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसको विपक्षमा रहेकाबीच हुने उनले बताउनुभयो । यस्तै प्रचण्डले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने बताउनुभयो ।

उहाँले प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गर्नुभयो ।

नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको र अहिले पिन आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उहाँले बताउनुभयो । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उहाँको भनाइ छ।

उहाँले तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com