काठमाडौं २ की उम्मेद्वार ओनसरी घर्तिद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं २ की उम्मेद्वार ओनसरी घर्तिद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर–२ मा उम्मेद्वार बन्नुभएका माओवादी केन्द्रका नेता ओनसरी घर्तीमगरले घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर घोषणापत्र सार्वजनिक भएको छ । घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पु¥याएको उल्लेख छ ।

बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशा निर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान संविधानको रक्षकका रुपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी घोषणापत्रमा गरिएको छ ।

प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफुल खेती एवम् कृषिमा आधुनीकिकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्वद्धन गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएका छन् ।

साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्य पहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखुु– बज्रयोगिनी– घुुमारचोक– डाँडाकटेरी –चौही भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता छ ।

महिलाहरूको सशक्तिकरणका लागि उद्यमशिलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजनाहरु बनाउने घोषणापत्रमा उल्लेख छ । यस्तै गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाई केन्द्रहरुको स्थापना गर्ने विषय समेटिएको छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com