निर्वाचनले देश र नागरिकको भाग्य र भविष्यको फैसला गर्छ : ओली

निर्वाचनले देश र नागरिकको भाग्य र भविष्यको फैसला गर्छ : ओली
Picasa

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गर्नुभएको छ ।

यसअघिका चुनावभन्दा आउँदो चुनाव निकै महत्त्वपूर्ण भएको भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले आज बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने दाबी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेको चुनावले देश र नागरिकको भाग्य र भविष्यको फैसला गर्ने भन्दै समृद्ध नेपाल सुखी नेपालीु को सपना पूरा गर्न पनि देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने जिकिर गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com