उर्लाबारीमा हात्ती आतंक, स्थानिय त्रसित

उर्लाबारीमा हात्ती आतंक, स्थानिय त्रसित

उर्लाबारी। मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछिस्थानीय बासिन्दा त्रसित भएका छन् । रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्टनिर्माण हँदै हात्ती उर्लाबारीतिर गएको छ ।

९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयका अनुसार आज बिहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ गएको हो ।

प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी ८ को कदम टोली प्रवेश गरेको छ । उर्लाबारी ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदै छ । हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com