कञ्चनपुरमा चिर्पट प्रहार गरेर बुवाको हत्या

कञ्चनपुरमा चिर्पट प्रहार गरेर बुवाको हत्या

धनगढी । कञ्चनपुरमा पुनर्वास नगरपालिका–४ कार्की चोक बस्ने ३० वर्षीय गणेश खड्काले आफ्ना ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेका छन् । राति २ बजेको समयमा उनले कुटपिट गरेर बुवाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरायसी विवादका क्रममा खड्काले बुवामाथि मुक्का र चिर्पट प्रहार गरेर हत्या गरेका हुन् ।

विगतदेखि बुवा र छोराको बीचमा झगडा भइरहने हुँदा सोमबार राति पनि दुवै जनाबीच विवाद भएपछि छोराले मुक्का र बाँसको चिर्पट प्रहार गरेको प्रहरीले जनाएका छ । घटनाबारे बिहान मात्र थाहा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com