झापामा पोथी हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए ।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com