पाँच डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित)

पाँच डिआइजी एआइजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जारी गरेको सूचनामा उल्लेख छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com