रुकुम पश्चिममा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु

काठमाडौँ । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ। सानी भेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो।

बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरी धारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।

मृत्यु हुनेमा मृतकको सानो भेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया शीतला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलङ्गा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताए। घटना स्थलमा पानी परिरहेकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com