ट्रयाक्टर दुर्घटनामा श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु, नौजना घाइते

ट्रयाक्टर दुर्घटनामा श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु, नौजना घाइते

जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ ।

दुर्घटनामा परी आठबिसकोट नगरपालिका -१० नाउँलाका ४६ वर्षीय लोक बहादुर शाही, निजको श्रीमती ४२ वर्षीया चुकी शाही र सोही वडाका ५२ वर्षीय भद्र सार्की रहेका छन् । त्यस्तै वडानम्बर -८, का ४८ वर्षीय धनराम सार्की र सोही वडाकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

विज्ञप्तिका अनुसार सो दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ । विज्ञप्तिका अनुसार सो दुर्घटनामा अन्य नौजना घाइते भएका छन् ।

घाइते हुनेमा आठबीसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com