भैरहवाबाट ढाका उडान सुरु गर्न परराष्ट्रमन्त्री पौड्यालको आग्रह

भैरहवाबाट ढाका उडान सुरु गर्न परराष्ट्रमन्त्री पौड्यालको आग्रह

काठमडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् ।

सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

सो अवसरमा राजदूत चौधरीले श्रीलङ्काको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com