प्रदेश जनलोकपाल आयोगको गठन

प्रदेश जनलोकपाल आयोगको गठन

प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ ।

अध्यक्षसहित तीन सदस्यीय आयोगका अध्यक्ष रामसहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

साे अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरिप्रसाद मैनालीसहित प्रदेश सरकारका सचिवहरूको उपस्थिति थियो ।

आयोगका नवनियुक्त पदाधिकारीहरूले ग्रमीण प्रशिक्षण केन्द्र मुजेलियास्थित आयोगको कार्यालय पुगेर पदभारसमेत सम्हालेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com