पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । यही प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com