भेरी नदीको बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

भेरी नदीको बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन सकिरहेको छैन । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएकाे छ । साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com