मुलपानीका ७ सय ३० घरमा विद्युतीय चुलो निःशुल्क वितरण

मुलपानीका ७ सय ३० घरमा विद्युतीय चुलो निःशुल्क वितरण

धादिङ । सरकारले घरघरमा विद्युतीय चुलो प्रयोगको नीति लिएसँगै घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने उदेश्यले उत्तरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित मुलपानीका स्थानीयलाई चुलो बितरण गरिएको छ ।

विद्युतीय चुलो प्रयोगका कारण खाना पकाउने ग्यासको आपूर्ति निकै कम गर्न सकिने र प्रयोग गर्दा आर्थिक रुपमा पनि विद्युतीय चुलो निकै सस्तो पर्ने भएकोले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको ३ नम्वर वडाका सात सय तीस घरधुरीलाई चुलो वितरण गरिएको हो ।

जर्मनी दुताबासको सहयोगमा त्रिपुरा सुन्दरी गाउँपालिकासँगको सहकार्यमा ग्रामीण आपसी विकास नामक एक गैर सरकारी संस्थाले सो विद्युतीय चुलो वितरण गरेको हो ।

विधुत प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै विद्युतीय चुलोको खपत बढाउन ग्राहकलाई अनुरोध गर्दै आइरहेको छ । अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने भएकाले यसको प्रयोगमा जोड दिन स्थानीयलाई आग्रह समेत गरिएको छ ।

पहिलो चरणमा दलित, अपाङ्ग र सिमान्तकृत वर्गलाई वितरण गरिएको चुलो त्रिपुरा सुन्दरी गाउँपालिकाका सबै घरधुरीलाई बाँड्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com