गगन थापा भन्छन्–देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ

गगन थापा भन्छन्–देश हाँक्ने नयाँ चालक कांग्रेसले मात्रै दिनसक्छ
Roshan

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले देश हाँक्ने नयाँ चालक नेपाली कांग्रेस पार्टीले मात्रै दिनसक्न दाबी गर्नु भएको छ ।

काठमाण्डौ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसँगै शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताउनु भएको हो । त्यसको लागि पार्टीभित्र छलफल सुरु भइसकेको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको बताउनु भयो । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै नागरिकलाई विश्वस्त बनाउने उहाँको दाबी छ ।

साथै उहाँले संसदीय दलको चुनावको तयारी थाल्ने बताउनुभएको छ । उहाँले मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com