काठमाण्डौ ४ बाट गगन थापा विजयी

काठमाण्डौ ४ बाट गगन थापा विजयी

काठमाण्डौ । प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । उहाँको यो ह्याट्रिक जित हो ।

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।

थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले हराउनुभयो । संविधानसभा सदस्य निर्वाचन–२०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित थापा संविधानसभा सदस्य निर्वाचन–२०७० मा काठमाण्डौ–४ बाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो ।

त्यस्तै, प्रतिनिधि सभा सदस्यमा–२०७४ मा पनि त्यहाँबाटै निर्वाचित हुनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com