रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि

रिगललाई आममाफी दिने सरकारको निर्णयमा गगन थापाको असन्तुष्टि

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिङ्गो पार्टीले नबोक्ने प्रस्टाएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका महामन्त्री थापाले आममाफीको निर्णय अहिले चर्चामा रहेको बताए।

‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी काँग्रेसमाथि आइपरेको छ। तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन।’

पार्टीमा संलग्न जो(कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने थापाले प्रस्टाएका छन्। ‘अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’ उनले भने। बाँकेका योगराज ढकाल (रिगल) लाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com