बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार

बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार

बझाङ, ।  बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्। 

करणीमा परेकी दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। 

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्। 

दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ। पीडित बालिकाका आफ्नतले प्रहरीले आरोपितहरूलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com