सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर

सुन तस्करी प्रकरण : राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ । 

इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् । 

पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौंको नागार्जुन लोकेन्द्रकुमार पौडेल र  बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन्। 

उनीहरूविरूद्ध  आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com