गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

 गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदै,   सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले आज ल्होसार पर्व मनाउँदैछ ।

गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको जानकारहरू बताउँछन ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । आजको दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् ।

यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोउल्लासका साथ मनाउने गरिन्छ ।

गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धूमधामसँग मनाउने गरिन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com