ज्ञानेन्द्र शाही जुम्लाबाट भारी मतले विजयी

ज्ञानेन्द्र शाही जुम्लाबाट भारी मतले विजयी
Mellow Arc Media
Published on
Updated on

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका छन् । शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।

माओवादीकेन्द्रकी उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् । पराजित गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

यस्तै प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।

पौडेलले २०७४ मा कांग्रेस नेता डा। गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन् । प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com