जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्ला । जुम्लामा प्रतिनिधि सभाको मतगणना चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले दोब्बर बढी मतको अग्रता कायम गर्नुभएको छ ।

त्यहाँ १३ हजार १ सय २७ मत गन्दा ज्ञानेन्द्र शाहीले ६ हजार ९ सय ५७ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ३ हजार १ सय ९४ मत प्राप्त गर्नुभएको छ । शाही र कुँवरबीच मतको अन्तर ३ हजार ७ सय ६३ रहेको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले १ हजार ६ सय ८८ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४ सय ६ सय मत ल्याउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com