कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?

कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?

काठमाण्डौ । सुनको भाउ आज बुधबार तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । गएको आइतबार पनि सुनको भाउ एकै दिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको थियो । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com