सुर्खेत २ मा काँग्रेसका हृदयराम थानी विजयी

सुर्खेत २ मा काँग्रेसका हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ ।

थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गर्दा एमालेका बीसीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ ।

सुर्खेत १ मा भने मतगणना जारी रहेको छ । अछाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको मत गणनाको कार्य सम्पन्न भएको छ । क्षेत्र नम्बर १ मा नेकपा एसका शेर बहादुर कुँवर विजयी हुनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com