हत्या आरोपमा श्रीमान-श्रीमती छ महिनापछि पक्राउ

हत्या आरोपमा श्रीमान-श्रीमती छ महिनापछि पक्राउ

बारा । प्रेम गरेका प्रेमी हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले छ महिनापछि प्रविधिको प्रगोग गरी पक्राउ गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भन्ने महेश साहलाई पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने बर्ष २४ को रामु भन्ने दिनेश महतो र उनकी श्रीमती रोशनीले हत्या गरेको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो ।

हत्या गरेर भारत फरार भएका दम्पतिलाई मोबाईल कनेक्सनको माध्यमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका उनीहरुलाई बारा प्रहरीले भारतको केरला कोचीबाट पक्राउ गरेको हो । तर प्रहरीले भने भारतीय सिमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

घटना २०७९ मंसिर २७ गते राती ९ बजे बिश्रामपुर गाउँपालिका वडा नं.५ इटयाही टोलमा हत्या गरी परालको भुसमा शव लुकाएर ती दम्पती छ महिनादेखि फरार रहेका थिए । उनीहरुलाई मोबाईल कन्ट्याक र प्रविधिको प्रयोगले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना नजिकै मृतकले कोठा भाडामा लिएको र कोठामा महतोको श्रीमती रोशनी महेश साहसँग प्रेममा परी आउजाउ गर्ने गरेको स्थानीयबाट सुराक पाएको प्रहरीले आमाको मोबाईल माध्यमबाट रोशनी र पति दिनेश केरलामा रहेको पत्ता लगाएको हो ।

रोशनी र सुरज लिभिङ टुगेदरमा बस्ने गरेका थिए । उनीहरुलाई कोठामा साथमा भेटेपछि विवाद भई हत्या भएको प्रहरी उपरिक्षक बोगटीले बताउनु भयो । रोशनीको एक छोरी छिन् ।

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेबाट लागु हुने गरी दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्याल बाराले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com