श्रीमतीलाई चक्कु प्रहार गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई चक्कु प्रहार गर्ने श्रीमान पक्राउ

तेह्रथुम । तेह्रथुमको म्याङलुङमा श्रीमानले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । फेदाप गाउँपालिका–४ सम्दु घर भई म्याङलुङमा डेरा गरी बस्दै आएका ३२ वर्षीय मदन राईले घरायसी विवादका कारण श्रीमती २३ वर्षीय तृसना राईलाई शुक्रबार दिउँसो धारिलो चक्कु गरेका हुन् ।

घाइते तृसनाको पाखुरामा चोट लागेको छ । घरायसी विवादमा मदनले श्रीमतीलाई एक्कासी चक्कु प्रहार गरेपछि उनलाई रोक्न खोज्दा ५० वर्षीय भिमकुमारी तुम्बाहाम्फे पनि घाइते भएकी छन् ।

उनको चिउडोमा गहिरो चोट लागेको र घाइते दुवै जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको प्रहरी निरीक्षक छेपिञ्जो भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार चक्कु प्रहार गर्ने मदनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।

घाइते तृसनाले ३ हप्ता अघि दोश्रो विवाह गरेको कारण रिसमा श्रीमानले चक्कु प्रहार गरेको हुन सक्ने मदनका परिवारले बताएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com