'म आज बाट जाँच दिन जाँदैछु, नतिजा ५ वर्षपछि मात्र आउँछ'


'म आज बाट जाँच दिन जाँदैछु, नतिजा ५ वर्षपछि मात्र आउँछ'

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचित हुनु भनेको विजयी नभइ जाँच दिन जानका लागि सक्षम हुनु मात्र भएको बताउनुभएको छ ।

आज बिहीवार चितवन २ बा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएलगत्तै लामिछानेको फेसबुकमा लेख्नुभएको छ, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्न ।’

सभापति लामिछानेले आजै दिउँसो ३ बजे भरतपुर–१० गेस्ट हाउस चौरमा, भोलि शुक्रवार बिहान ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र दिउँसो ३ बजे शहीद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा गर्न लागेको पनि जानकारी दिनुभएको छ ।

लामिछानेले आफूलाई बधाई दिन आउँदा फूलमाला, अबिर, खादा केही नल्याउन पनि आग्रह गर्नुभएको छ । आजैदेखि आफूले काम थाल्ने पनि उहाँले बताउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com