देशमा आर्थिक क्रान्ति गर्न गोरखा आएको हुँ : प्रचण्ड

देशमा आर्थिक क्रान्ति गर्न गोरखा आएको हुँ : प्रचण्ड
Published on
Updated on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको छ ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर १ को याच्चोकमा आज (बिहीवार) आयोजित चुनावी सभामा उहाँले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको हो ।

यस्तै उहाँले राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको र राजनीतिक परिवर्तन भएको तरजनताको अवस्था परिवर्तन नभएकाले जनतालाई समृद्ध बनाउनुका साथै देशमा आर्थिक क्रान्ति गर्न गोरखा आएको बताउनुभएको छ ।

विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उहाँले दाबी गर्नुभयो ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्बर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाइ थियो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com