जनताको बलियो साथ पाएको छुँ : मन्त्री कुँवर

जनताको बलियो साथ पाएको छुँ : मन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको बताउनुभएको छ ।

अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका मन्त्री कुँवरले आफु निष्ठा र ईमान्दारीताको राजनीति गर्ने बताएकाले अछामी जनताको बलियो साथ रहेको बताउनुभएको हो ।

यस्तै उहाँले ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई वहुमतले विजयी गराउन आग्रह गर्नुभयो। मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका ईमान्दार उम्मेदवारहरुलाई मंसिर ४ गते मतदान गर्न अनुरोध पनि गर्नुभयो । अछामका जनताकै साथले आफु राजनीतिमा रहेको बताउँदै उहाँले संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com