उच्च अदालतद्वारा इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश

उच्च अदालतद्वारा इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले इच्छाराज तामाङलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

अदालतले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङ र केशवलाल श्रेष्ठलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो भने तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ)लाई ३५ लाख धरौटीमा जेल बाहिर राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।

उक्त मुद्दामा उच्च अदालतका सरकारी वकिलहरू नारायण रिमाल, दिनेश रेग्मी र उषा गजमेरले तथा बचतकर्ताहरुका निजी अधिवक्ताहरू रमेश बडाल, भोजराज आचार्य, डा। सुरेन्द्र भण्डारी र डा।दिनेश त्रिपाठीले बहस गरेका थिए ।

वादी र प्रतिवादीको तर्फबाट भएको दुई दिन लामो बहसपछि अदालतले सो आदेश दिएको हो ।

भदौ दोस्रो हप्ता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व अध्यक्ष तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको थियो ।

विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति हिनामिना गरेको र तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रूपैयाँ सम्पत्ति हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com