कपनमाको समस्या दुई वर्षमा समाधान नगरे फेरि मत माग्न आउँदिन : गगन थापा


 
 कपनमाको समस्या दुई वर्षमा समाधान नगरे फेरि मत माग्न आउँदिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताउनुभएको छ ।

बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं,’ थापाले भन्नुभयो ।

घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उहाँको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com