मतदान गर्दा ख्याल पुर्याएपछि मत बदर हुनबाट जोगिन्छ : अर्याल

मतदान गर्दा ख्याल पुर्याएपछि मत बदर हुनबाट जोगिन्छ : अर्याल

काठमाडौं । नागरिकले मतदान गर्दा ख्याल पुर्याएपछि मत बदर हुनबाट जोगिने निर्वाचन आयोगका उपसचिव एवं सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

अर्यालकाअनुसार सबैभन्दा पहिले मतदान गर्ने मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर भएको हुनुपर्छ । यदि अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मतदान गरेको छ भने त्यस्तो मतपत्र बदर हुन्छ । ती मतपत्र गणना गर्दा फेला परेमा बदर मततिर छुट्याउनुपर्ने हुन्छ ।

एउटा मतपत्रमा एक ठाउँमा मात्रै स्वस्तिक छाप लगाउनुपर्नेमा दुई ठाउँमा लगाएमा त्यो मत पनि बदर हुने हुन्छ । मत खेर जान्छ । स्वस्तिक छाप लट्पटिएको नबुझिने छ भने त्यो पनि खेर जान्छ ।

दुई वा दुईभन्दा बढी कोठामा पर्ने गरी स्वस्तिक छाप लगाइएको छ भने त्यस्तो मत पनि खेर जाने हुन्छ । तोकिएको स्वस्तिक छापबाहेक औँठा छाप अथवा अन्य चिह्नलेसमेत सङ्केत गरेको छ भने त्यो मत पनि बदर हुने अर्यालको भनाइ छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com