लुम्बिनीमा एक प्रदेश सांसदले मात्रै रोजे एकीकृत समाजवादी

लुम्बिनीमा एक प्रदेश सांसदले मात्रै रोजे एकीकृत समाजवादी

बुटवल, १७ भदौ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बसेका हुन् ।

पहिले पनि लुम्बिनीमा केपी शर्मा ओलीकै पकड थियो । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बनेका हुन् । लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् ।

तत्तकालीन समयमा एमालेका ४१ जना सांसद रहे पनि राजनीतिक घटनाक्रममा कपिलबस्तुका दीर्घनारायण पाण्डे र दाङका अमरबहादुर डागीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । त्यस्तै नेकपाबाट उपचुनावमा विजयी दाङकी विमला कुमारी वलीले अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि माओवादी केन्द्र रोजेकी छन् ।

यस्तै सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाही स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी छन् । वली र शाहीलाई एमालेले प्रदेश सांसदबाट निलम्बन गर्न माग गर्दै प्रदेशसभा चल्न दिएको छैन । तर, लुम्बिनी प्रदेशसभाले भने दुवैलाई कारबाही गर्न नपर्ने भन्दै जवाफ दिइसकेको छ । यस आधारमा एमालेका लुम्बिनीमा ३६ मात्रै सदस्य कायम छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com