सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदले समाजवादीमा गरे सनाखत

समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसदहरु सम्पर्कविहीन भएको बताइएको छ ।

सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन् । सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ ।

समाजवादीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १० जनाको सनाखत भएको जानकारी दिइन् । '२ जनाको कागजात नपुगेकाले आएनन् । भोलिसम्म १४ जना पुग्छन्,' जोशीले दाबी गरिन् ।

१४ जना सांसद पुर्‍याए प्रदेशमा समाजवादी प्रदेशकै ठूलो दल बन्ने छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com