प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा विषयमा अन्तरक्रिया

प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा विषयमा अन्तरक्रिया
Published on
Updated on

काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा बुधबार अन्तरक्रियाको आयोजना गर्यो । अन्तरक्रियामा विषयवक्ताका रुपमा वरिष्ठ पत्रकार भागिरथ योगीले प्रवासमा नेपाली पत्रकारिताः अवसर, सम्भावना र चुनौति विषयमा र वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्तीले प्रवासको नेपाली पत्रकारिताबाट नेपाली सञ्चारक्षेत्रले गरेका अपेक्षा विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्समितिबाट वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव सिर्जना अर्याल थिए भने नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, डा‍. सुरेश आचार्य, शिव गाउँले र डा. महेन्द्र विष्टको सहभागिता एवं प्रस्तुत विषयमा आफ्ना धारणा राखेका थिए ।

यसैगरी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेज, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, वरिष्ठ पत्रकार जीवेन्द्र सिंखडा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा “जुगल” को उपस्थिति एवं मन्तव्य राखेका थिए ।

यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, पत्रकारहरू मनऋषि धिताल, सन्तोष थारु, सन्तोषकुमार दाहाल, दीपक पुडासैनी, अर्चना झा, कलाकार सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।

यस्तै, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, पूर्वअध्यक्ष गौतम दाहाल, महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पंगेनी, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छोटो समयको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय वरिष्ठ पत्रकारज्यूहरूमा नेजाको तर्फबाट हार्दिक आभार एवं कृतज्ञाता व्यक्त गर्दछौं । आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको सदैव नेजाले अपेक्षा गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com