
काठमााडैं । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ सूची अनुसार पेट्रोलको मूल्य बढेर आएको छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रूपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।