कोरोना बीमा वापतको रकम दिन अझै समय लाग्ने

कोरोना बीमा वापतको रकम दिन अझै समय लाग्ने

काठमाडौं । कोरोना बीमा दाबी गरेका एक लाख भन्दा धेरैलाई बीमा वापतको रकम दिन अझै समय लाग्ने देखिएको छ ।

१७ लाखले बीमा गरेकामा १ लाख ६५ हजारभन्दा धेरैले कोरोना बीमा दाबी गरेका राष्ट्रिय बीमा प्राधिकरणले जनाएको छ । जसमध्ये अहिलेसम्म करिब ६२ हजारले भुक्तानी लिएका प्राधिकरणको अनुमान छ ।

कुरा गर्दै प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले सुरुको साढे ३ अर्बबाट ३५ हजार जतिले बीमा वापतको रकम लिएको बताउनुभयो । त्यसपछि सरकारबाट दायित्व पाउने भन्दै केही बीमा कम्पनीले १५ हजार जतिलाई भुक्तानी गरेको थियो ।

तर सरकारले दायित्व नलिएका कारण भूक्तानी रोकिएको प्राधिकरणका अधिकारीहरूले बताउँदै आएका थिए । यसमा गत महिना सरकारले एक अर्ब निकासा गरेपछि झण्डै १३ हजारले बीमा वापतको रकम पाएका प्रधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com