शिशु बिक्री प्रकरणमा डाक्टरसहित तीन जना पुर्पक्षका लागि जेल चलान

शिशु बिक्री प्रकरणमा डाक्टरसहित तीन जना पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । नवजात शिशु बिक्री प्रकरणमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डाक्टर कर्णसहित कटहरी–४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। यसमध्ये तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन्।

मोरङ कटहरी-२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रुपैयाँ, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख रुपैयाँ र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई दस हजार रुपैयाँ धरौटी रकम लिएर रिहा गर्ने आदेश भएको मोरङ अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका ६ जना प्रतिवादीविरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com