जसपाको बैठक भोली बस्ने

जसपाको बैठक भोली बस्ने

काठमाडौं । समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ ।

मंसिर २४ गते भोली बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।

‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com