जसपाको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक

 जसपाको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले आगामी निर्वाचनका लागी घोषणापत्र सार्वजनिक गरेको छ। जसपाले आज सार्वजनिक गरेको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दालाई प्राथमिकतासाथ अगाडि सारेको छ ।

घोषणापत्रमा जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने र कार्यकारी राष्ट्रपतिले समावेशी मन्त्रिपरषद् गठन गर्ने व्यवस्था गर्ने समेत उल्लेख गरेको छ ।

भने संघीय र प्रदेश संसद् भने पूर्ण समानुपातिक गर्नुपर्ने धारणा अगाडि सारेको छ । कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एकै कार्यकारी पदमा रहन नहुने कानुनी व्यवस्था गर्ने पनि उसले भनेको छ ।

यस्तै संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र सहकार्यात्मक सिद्धान्तमा आधारित सम्बन्ध हुने पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com