कुवेतबाट आएको जजिरा एयरलाइन्सको अन्तर्राष्ट्रिय जहाज भैरहवामा अवतरण

भैरहवामा सुरु भयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
कुवेतबाट आएको जजिरा एयरलाइन्सको अन्तर्राष्ट्रिय जहाज भैरहवामा अवतरण
तस्बिर : क्याप्टेन आर के शेरचन

नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुबेतबाट आएको जजिराको जे ९५४५ उडान नम्बरको विमान अन्तर्राष्ट्रियतर्फ व्यवसायिक उडान गर्ने पहिलो वायुसेवा भएको छ ।

आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो ।

२५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

NIRU GAUTAM

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com