डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते

डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते
Published on
Updated on

डोटी । डोटीको शिखर नगरपालिका (३ अण्यौलस्थित केआई सिंह राजमार्गमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटको समयमा एक्कासी अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खसेको थियो ।

जिपमा चालकसहित १० जना सवार रहेका मध्ये ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय दिपायलले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यलय दिपायलका अनुसार मृत्यु हुनेहरुमा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशोभा बुढा, उनको ६ बर्षीय छोरा कबिन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com