सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनामा परी एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो । ज्यान गुमाएका व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशमलाल पौडेलले जानकारी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com