मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

सप्तरी । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।

जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षिय सुला रजकले बताए।

उनले भने,´श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै कतमात्रै गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस  हुन्थ्यो , ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्योअहिले त्यसमा निकै कमि आएको छ ।'

'जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए।

उनले थपे,´पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो । गाउँका केटाकेटी ,महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन'

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमि आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसंगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले  बताईन् ।

होलीको अबसरमा गाईने जोगिरा मधेसको पहिचान र गौरव हो।यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भना छ । उनले थपे, ´ यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।`

समाजिक सदभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको ताल संगै सुरुहुने हुने होली पर्व ! लार , परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा ,पूरी खाएर रम्दै रंग ,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाईने प्रचलन रहेको छ।

मुस्ताङ साक्या बौद्ध संघले भन्यो- बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन

काठमाडौं । साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज सञ्चालनको लागि भारत अग्रसर भएको भन्ने समाचार झुटो भएको बताएको हो ।

विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न नेपाल सरकार अग्रसर भएको भन्दै विभिन्न मिडियामा आएका समाचारको संघले खण्डन  गरेको छ ।

संघले बौद्ध दर्शनको संरक्षणका लागि भौतिक संरचना निमार्ण गर्न भारतीय दुतावासलाई अनुरोध गरेको र सो अनुसार स्थानीय दाताहरुले भूमिदान गरी बौद्ध कलेज स्थापना गर्न लागिको प्रस्ट पारेको छ ।

समाचारका साथै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार यसै विषयमा दिएको अभिव्यक्तिको समेत ‘संघ’ले खण्डन गरेको छ । ओलीको टिप्पणीले जनमानसमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com