आम निर्वाचनले देशमा राष्ट्रियताको संरक्षण गर्ने कमल थापाको विश्वास

आम निर्वाचनले देशमा राष्ट्रियताको संरक्षण गर्ने कमल थापाको विश्वास
Picasa

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । अध्यक्ष थापाले हेटौंडा ६, चौघडास्थित वंशगोपाल मा।वि।मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका उनले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न कोशेढुंगा साबित हुने बताए ।

उनले निर्वाचनरुपी प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा खुशी लागेको बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आज देशभर नै एकै चरणमा सम्पन्न भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com