कान्ति बाल अस्पतालले मनायो ६१ औँ वार्षिकोत्सव

कान्ति बाल अस्पतालले मनायो ६१ औँ वार्षिकोत्सव

काठमाडौं । काठमाडौंका महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज शुक्रवार एक कार्यक्रमबीच ६१ औँ वार्षिकोत्सव मनाएको हो ।

कान्ति बाल अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताउनुभयो । उहाँले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट पाँच सय शय्याको स्वीकृतिका लागि अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र पाँच सय शय्याको स्वीकृतिका लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताउनुभयो ।

सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताउनुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com