काठमाडौं ४ : गगनले बढाए मतान्तर, राजन भन्दा ४०९ मतले अगाडि

काठमाडौं ४ : गगनले बढाए मतान्तर, राजन भन्दा ४०९ मतले अगाडि

काठमाडौं । काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाउनुभएको छ। प्रारम्भिक मत गणनामा उहाँ एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि हुनुहुन्छ  । अहिलेसम्म २७०५ मत गणना गरिएकोमा कांग्रेस उम्मेदवार थापाले १३५८ मत पाउनुभएको छ भने  एमालेका उम्मेदवार राजन भट्टराईले ९४९ पाएर पछ्याइ रहनुभएको छ । यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी हुनुभएको थियो। २०७४ मा उहाँले भट्टराईलाई नै पराजित गर्नुभएको थियो।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com